६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

(क्रान्तिकारी) गोरखाले संविधान दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता गर्ने,

गोरखा, २९ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियन (क्रान्तिकारी) गोरखाले संविधान दिवसको अवसरमा गोरखा नगरपालिका स्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

अखिल क्रान्तिकारी जिल्ला समन्वय समितिको आयोजनामा असोज ३ गते संविधान दिवसको दिन गोरखा नगरपालिका माध्यमिक तह स्तरिय वक्तृत्वकला प्रतियोगिता गर्न लागेको हो ।

जनयुद्धकालमा माओवादीले गरेको त्याग, परित्याग, योगदान तथा बालिदानको स्मरण गराउन ‘वर्तमान संविधान निमार्णमा जनयुद्धको भूमिका’ विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको अनेरास्ववियु (क्रान्तिकारी) गोरखाका सचिव सुलभ अंगाईले जानकारी दिनुभयो ।

‘विद्यार्थीको नेतृत्व बिकास क्षमता अभिवृद्धि गराउन तथा जनयुद्धमा माओवादीले गरेका कामको स्मरण गराउन हामीले यो शिर्षकमा प्रतियोगिता आयोजना गर्न लागेका हौ’ उहाँले भन्नुभयो । यो प्रतियोगिताबाट वर्तमान संविधान निमार्णमा जनयुद्धको भूमिका र्छलङ हुने उहाँको बताउनुभयो । प्रतियोगिताका सान्तवना बिजेतासम्मलाई पुरस्कारसहित प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रथम पुरस्कार १५ हजार, द्धितिया पुरस्कार १२ हजार, तृतिय पुरस्कार १० हजार र सान्तवना पुरस्कार स्वरुप ८ हजार सहित प्रमाण प्रदान गरिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित