६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

डेंगु संक्रमणका कारण एक बालिकाको मृत्यु

गोरखा, ३० भदौ । गोरखामा डेंगु रोगको संक्रमणका कारण एक बालिकाको मृत्यु भएको छ ।

गोरखा नगरपालिका वडा नम्वर १२ बस्ने ७ वर्षकी बालिकाको गत सोमवार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उच्च ज्वरो सहितका समस्या देखिएपछि बालिकालाई उपचारका लागि गोरखा अस्पताल ल्याइएको थियो ।

अस्पतालले उनलाई काठमाण्डौं रिफर गरेकोमा त्यहाँस्थित नेपाल भारत मैत्री अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ । पछिल्लो समय गोरखामा पनि डेंगु संक्रमण बढ्दै गएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

पछिल्लो ८ महिनामा गोरखा अस्पतालमा भएको परिक्षणमा जिल्लामा ४१ जनामा डेंगु र स्क्रब टाइफसको संक्रमण भएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित