६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

राहदानीबाट ३ करोड ६५ लाख करोड राजश्व संकलन

गोरखा, ३१ भदौ : गोरखामा राहदानीबाट गएको आर्थिक बर्षमा झण्डै ४ करोड रुपैया राजस्व संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले कार्यालयले गत आर्थिक बर्षमा ०७८–०७९ मा राहदानीबाट मात्रै ३ करोड ६५ लाख ५८ हजार २५० राजश्व संकलन गरेको प्रशासनले जनाएको छ ।

पछिल्लो समय युवाहरु अध्ययन तथा रोजगारीको लागी विदेश जाने क्रम बढेसंगै प्रशासनमा राहदानी बनाउनेहरुको भीड नै लाग्ने गरेको छ । त्यस्तै प्रसासनले हातहतियार तथा संस्था दर्ता नविकरणका साथै बेरुजु, प्रशासनिक तथा न्यायिक दण्ड तथा जरिबाना शिर्षकमा कार्यालयले राजश्व संकलन गर्दै आएको छ ।

प्रशासनले दिने सेवा र सुविधाबाट गत आर्थिक बर्षमा ४ लाख ९९ हजार ११० रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । त्यस्तै हातहतियारको नविकरण गर्दा १ लाख ६१ हजार ८५० रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार प्रशासनिक दण्ड तथा जरिवाना शिर्षक अन्तरर्गत १ लाख ५२ हजार १०५, धरौटी शिर्षकमा २ लाख १७ हजार, न्यायिक दण्ड तथा जरिवाना तर्फ ६१ हजार ३९० रुपैयाँ राजश्व संकलन गरेको छ ।

कार्यालयले परिक्षा शुल्क बापत ३७ हजार ६०० संकलन गरेको छ भने वेरुजु शिर्षकमा १ हजार समेत राजश्व संकलन भएको जानकारी दिएको छ । कार्यालयले गत आर्थिक बर्षमा बिभिन्नि शिर्षकमा कुल ३ करोड ७६ लाख ८८ हजार ३१४ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित