६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

संविधान दिबस को अबसर मा पालुङटारमा हाजिरी जबाफ प्रतियोगिता सम्पन्न

असोज १  गोरखा – संविधान दिवस को आवसरमा अन्तर मा.वि. स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सम्पन्न भएको छ । भवानि बहुमुखी क्याम्पस पालुङटार ५ ठाँटिपोखरीले आयोजना गरेको प्रतियोगिता भवानी बहुमुखी क्याम्पसका अध्यक्ष प्रकाश खनाल सभापतित्व मा भएको हो ।प्रतियोगितामा पालुङटार नगरपालिका, सिरानचाेक गाउँपालिका, राइनास नगरपालिका र तनहुँका गरी १५ विद्यालय सहभागी थिए ।                    उक्त प्रतियोगितामा अमर ज्योती जनता मा.वि. प्रथम , जनता माध्यमिक विद्यालय आँपपिलले द्धितृय,अकला माध्यमिक विद्यालय धुँवाकोट ले तृतीय र ज्ञानोदय माध्यमिक विद्यालय  साँहिलीटार सान्त्वना स्थान  हासिल गरेका थिए ।

प्रतियोगितामा पहिलो चरणबाट उत्कृष्ट ८ विद्यालयलाई सेमिफाइनलमा लगिएको र सेमिफाइनलबाट उत्कृष्ट ४ लाई फाइनलमा लगिएको थियो ।  प्रथम,दित्तिय,तृतीय र सान्त्वना स्थान हासिल गर्ने बिद्यालय लाई क्रमस  अमर ज्योती जनता माध्यमिक विद्यालयलाई नगद रु ६ हजार सहित शिल्ड र प्रमाणपत्र, जनता माध्यमिक  विद्यालय आँपपिललाइ  नगद रु ४ हजार ५ सय सहित प्रमाणपत्र ,अकला माध्यमिक विद्यालय  धुँवाकोटलाइ नगद रु ३ हजार सहित प्रमाणपत्र । ज्ञानोदय माध्यमिक विद्यालय  साँहिलीटारलाई नगद रु १ हजार ५ सय सहित प्रमाणपत्र प्रमुख अतिथी विवश चिन्तनले वितरण गर्नु भएको थियो ।                                                                                                      कार्यक्रममा बोल्दै प्रमुख अतिथी विवश चिन्तनले करिब करिब हराइसकेको हाजिरी जवाफ प्रतियोगिता गरेको प्रती खुसी व्यक्त गर्दै भवानी बहुमुखी क्याम्पसलाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले अहिलेका विद्यार्थीहरु सामाजिक सञ्जालमा र गेम खेल्नमा मात्र रम्ने गरेको भन्दै पढाइको स्तर खस्केकोमा दुःख व्यक्त गर्नु भयो । उहाँले पालिका भित्रका जेहेन्दार र मिहेनेती विद्यार्थीहरु जो केही यदि पढ्न नपाएर बसेको भए नगरपालिका र आफ्नो व्यक्तिगत सहयोग गरेर समेत पढ्न बाट बँञ्चीत हुनु नपर्ने बताउनु भयो ।  कार्यक्रममा क्याम्पस प्रमुख चेतनाथ पन्त, विद्यार्थी तथा सहभागी विद्यालयका शिक्षकहरुले मन्तव्य राख्नु भएको भएको थियो ।

भवानी बहुमुखी क्याम्पसका साहायक क्याम्पस प्रमुख बिष्णु आचार्यले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संञ्चालन क्याम्पसका साहायक क्याम्पस प्रमुख पिताम्बर देवकोटाले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित