६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

दोस्रो लिगलिग पालुङटार महोत्सव अर्थ मन्त्री जनार्दन शर्माद्वारा उद्घाटन।

‘दोस्रो लिगलिग पालुङटार महोत्सव – २०७९’को नेपाल सरकारका अर्थ मन्त्री तथा माओवादी केन्द्रका उपमाहासचिव जनार्दन शर्माले आज उद्घाटन गरेका छन् ।

महोत्सवको प्रमुख अतिथि रहेका शर्माले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन । महोत्सवको उद्घाटन गर्दै शर्माले पालुङटार सम्म फाँट र यहाँको टारले धेरै सम्भावना बोकेको पनि बताएका छन् । उद्घाटन समारोहमा बोल्दै उनले पालुङटारलाई स्मार्ट सिटी बनाउन सरकारले सहयोग गर्ने पनि बताएका छन् ।                                    पालुङटार राजनीतिक रुपमा पनि प्रधानमन्त्री बनाउन सक्ने ठाउँ भएको भन्दै विकासका सवालमा यहाँका जनताले केही अन्याय भोग्नु परेको पनि स्वकार गरेका छन् । तर विकास भन्ने कुरा हिम्मत गर्ने हो भने आँफै गर्न सकिने पनि उनले बताए । स्थानिय प्रकृतिक स्रोत साधन र श्रम शक्ति लाई एकै साथ पहिचान गर्ने हो भने विकास आँफै सुरु हुने पनि बताएका छन् । पालुङटारमा आजको विकासको आवश्यकता के हो त्यस कुरालाई ख्याल गरेर यहाँको नेतृत्व, यहाँका जनताले कम्मर कस्नु पर्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित