६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

मासु अड्किएर लमजुङमा एक पुरुषको मृत्यु।

मासु खाने क्रममा घाँटीमा अड्किएर लमजुङमा एक पुरुषको ज्यान गएको छ।

राँगाको मासुसहितको ह्याकुला निल्ने क्रममा घाँटीमा अड्किएर मर्स्याङ्दी गाउँपालिका वडा नं – ९ सिम्पानी निवासी ४९ वर्षीय शम्शेरबहादुर परियारको मृत्यु भएको लमजुङ प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रकाश श्रीमलले जानकारी दिए ।

घाँटीमा मासु अड्किए लगत्तै परियारलाई खुदीस्थित स्थानीय मेडिकलमा लगिएकोमा त्यहाँ उपचार सम्भव नदेखिएपछि सदरमुकाम बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा लगिएको थियो । जिल्ला अस्पतालका चिकित्सकले चेक जाँच गर्ने क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार हाल उनको शवलाई पोस्टमार्टमपछि परिवारलाई बुझाई सकिएको छ। सोमबार मात्रै चितवनमा एक पुरुषको पनि घाँटीमा मासु अड्किएर मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित