६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

प्रचण्ड गोरखा २ बाट चुनाब लड्ने ।

काठमाण्डु, २१ असोज– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अन्ततः प्रतिनिधिसभा निर्वाचन गोरखाबाट लड्ने भएका छन् ।

प्रचण्डले चितवनस्थित पाँच दलीय गठबन्धनका नेताहरुसँग प्रचण्डले आफू गोरखा–२ बाट चुनाव लड्ने बताएका हुन् । यद्यपि प्रचण्डलाई चितवन–३ नछाड्न काँग्रेसहित गठबन्धनका सबै दलले आग्रह गरिरहेका छन् ।

केही दिनअघि खुमलटारमा चितवन काँग्रेसका सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारीसहितको टोलीले प्रचण्डलाई भेटेर चितवन नछाड्न भनेको थियो । प्रचण्डले चितवनभन्दा गोरखा–२ जित्न सजिलो हुने भएकाले यसपटकलाई उतै जाने बताएको भेटमा सहभागी एक नेताले जानकारी दिए । ‘चितवनमा चुनाव नजित्ने अवस्था होइन ।

तर, चुनाव प्रचारमा बढी समय दिनुपर्छ । गोरखामा हुँदा देशभर चुनाव प्रचारमा जान पाइन्छ’, प्रचण्डको भनाइ उृद्धत गर्दै ती नेताले भने, ‘म देशभरको चुनावी प्रचारमा जाँदा समानुपातिक भोट पनि बढ्छ, प्रत्यक्षमा पनि ८÷१० सिट बढी जित्न सकिन्छ ।’ माओवादी गोरखाका नेताहरुसहित जनप्रतिनिधिहरु आएर मनोनयन दर्ता मात्र गरेर जान आग्रह गर्दै जिताउने जिम्मा आफूहरुको भएको प्रतिबद्धता जनाएको प्रचण्डले उल्लेख गरे । उनले एउटै क्षेत्रमा मात्र चुनाव नलडी जताबाट पनि जित्ने भएकैले आफू प्रचण्ड भएको समेत बताए ।

यसअघि ०७४ मा प्रचण्ड चितवन–३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । चितवनका गैरमाओवादी दल र कार्यकर्ताले समेत गृहजिल्ला नछाड्न आग्रह गरिरहेको भए पनि प्रचण्डले गोरखा जाने मनस्थिति बदल्ने सम्भावना नरहेको खुमलटार श्रोतले जनायो । सत्ता गठबन्धनका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत जुन क्षेत्रबाट जित निश्चित हुन्छ सोही क्षेत्र रोज्न प्रचण्डलाई भनेका छन् । चितवनका नेताहरुसँगको भेटमा उनले त्यो पनि जानकारी गराएका थिए ।

यस्तै माओवादी चुनाव चिन्हबाट निर्वाचन लड्न तयार भएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि गोरखा–२ बाट चुनाव नलड्ने घोषणा गरिसकेका छन् । प्रचडका लागि भट्टराईको उक्त घोषणा गरेको अनुमान गरिएको छ । राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभामा गोरखा–२ बाट चुनाव लड्ने तयारीमा रहेका माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि प्रचण्डलाई गोरखा लान जोड गरिरहेका छन् ।

‘बाबुरामजी र नारायणकाजीजीले पनि गोरखा–२ मा उठिदिनुस् जिताउने जिम्मा हाम्रो भयो भन्नुभएको छ’, प्रचण्डले भने । आफूले गोरखामा शिक्षकका रुपमा काम गरेको र माओवादी जनयुद्ध थाल्ने निर्णय गर्ने बैठक नै गोरखामा बसेकाले गोरखा राजनीतिक रुपमा आफ्ना लागि नौलो नभएको तर्क पनि प्रचण्डले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित