६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

गोरखा क्षेत्र नम्बर २ बाट प्रचण्डसहित १३ जनाले गरे उम्मेदवारी दर्ता,

२३ असोज, गोरखा । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित १३ जनाको उम्मेदवारी परेको छ । आइतबार भएको मनोनयन दर्ताको क्रममा प्रचण्डसहित १३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमालेको तर्फबाट अब्दुस सलाम मियाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कविन्द्र बुर्लाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कुलबहादुर बस्नेत, नेपाली कांग्रेस (बी.पी.) बाट टीकादत्त पोखरेल, नेपाल मजदुर किसान पार्टीबाट प्रल्हाद लामिछाने, नेकपा मालेबाट नारायणबाबु आचार्य र राप्रपाबाट सुशील पन्तले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले बताए ।

त्यस्तै हाम्रो नेपाल पार्टीबाट प्रकाश थापा, मंगोल नेशनल अर्गनाइजेशनका सोमबहादुर गुरुङले पनि उम्मेदवारी दिएको उनले जानकारी दिए । उनका अनुसार तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

बारपाक सुलिकोट ८ का विनोदकुमार गुरुङ, पालुङटार नगरपालिका ४ का गणेश देवकोटा, काठमाडौं महानगरपालिका–३२ कि डा. माधवी भट्टले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित