६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

माओबादी केन्द्रले गोरखामा चुुनाबको तयारी गर्न असोज २८ गते अगुवा कार्यकर्ता भेला गर्ने ।

गोरखा, २४ असोज । निर्वाचनको तयारीका लागी नेकपा माओबादी केन्द्रले यही असोज २८ गते अगुवा कार्यकर्ताहरुको भेला गर्ने निर्णय गरेको छ ।

जिल्ला स्थित केन्द्रीय समितिका सदस्यहरुको बैठकले निर्वाचनको तयारी थाल्न जिल्ला भरका पार्टीका अगुवा कार्यकताको भेला बोलाउने निर्णय गरेको पाटीका गण्डकी प्रदेश समितिका सदस्य लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।

भेलामा गाउँपालिका पार्टी समितिका सदस्यहरु, वडापार्टी समितिका अध्यक्ष तथा सवै जनप्रतिनिधिहरु, जनवर्गिय संगठन, मेर्चा सम्र्पक समन्वयका जिल्ला सदस्यहरुको सहभागिता रहने उहाँले बताउनुभयो ।

बैठकले निर्वाचनका लागि कमाण्डको जिम्मेवारी पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश समितिका सहइन्चार्ज हरीराज अधिकारीलाई जिम्मेवारी दिने निर्णय समेत भएको छ । त्यस्तै २९ गते जिल्ला स्थित सत्ता गठबन्धनमा रहेका दलका अगुवा कार्यकर्ताको भेला राख्ने निर्णय पनि आज भएको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित