६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

नयाँपुल देखि  पालुङटार ६ र ७ चल्ने सार्वजनिक सबारी साधन को भाडादर तोकियो।

कार्तिक ५ गोरखा – नयाँपुल देखि  पालुङटार ६ र ७ चल्ने सार्वजनिक सबारी साधन को भाडादर कायम गरिएको छ ।

पालुङटार नगरपालिका वडा नम्बर ७ को कार्यलय मा वडा अध्यक्ष अर्जुन कुमाल को अध्यक्षतामा बसेको भेलामा  उपभोक्ता ,स्थानिय सरोकार वाला र यातायात ब्यबसायी को संयुक्त भेलाले नयाँपुल देखि वडा नम्बर ६ र ७ चल्ने सार्वजनिक सबारी साधन को भाडादर कायम गरेको हो । सरकारी भाडादर कच्ची सडक को प्रती किलोमिटर ८ रुपैयाँ भएता पनि यहाँ चल्ने सार्बजनिक यातायात ले मनोमानी भाडा लिने गुनासो धेरै आएको कारण मनोमानी हुन नदिन भाडा निर्धारण गर्नु परेको पालुङटार ७ का वडा अध्यक्ष अर्जुन कुमाल ले बताउनु भयो । भेलामा वडा अध्यक्ष ले आफू जनता को सेवा गर्न आएको ले जनता लाई हित हुने जस्तोसुकै काम गर्न तयार रहेको बताउनु भयो ।                                                                               यातायात व्यावसायिलाई स्थानीय अबस्थालाइ बुझेर यातायात व्यावसायि लाई नि मर्का नपर्ने गरि सरकार ले तोकेको भन्दा २ रुपैयाँ थप गरि १० रुपैयाँ गरिएको ले सोही अनुसार भाडा लिन आग्रह गर्नु भयो । अन्यथा निर्धारण गरिएको भाडा अनुसार भाडा नलिगे कारबाही गरिने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित