६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

गोरखा मा आइपुग्यो मतपत्र ।

गोरखा ६ कार्तिक – आसन्न निर्वाचनका लागि गोरखामा मतपत्र आइपुगेको छ।                                                             मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि गोरखामा समानुपातिकतर्फको मतपत्र आइपुगेको हो। क्षेत्र नम्बर १ र २ लाई पुग्ने गरी दुवै चुनावको समानुपातिक मतपत्र आइतबार आइपुगेको निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले बताए।

मतपत्र सुरक्षाकर्मीको निगरानीमा ट्रकमा ल्याइएको हो । आसन्न निर्वाचनका लागि गोरखामा ३१७ मतदान केन्द्र र २२२ मतदानस्थल तोकिएका छन्।  दुईलाख २० हजार ६३७ मतदाता रहेका छन्। मतदाता शिक्षाका लागि केही पर्चा पम्पलेट पनि आइपुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित