६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

गोरखा अस्पताल को डाक्टर माथी कार्यकक्षमा नै आक्रमण

गोरखा, ६ कात्तिक । गोरखा अस्पतालको ओपिडि शाखामा कार्यरत एक चिकित्सक माथी हातपात भएको छ ।

आज दिउँसो करिब ४ः१५ देखी ४ः४५ बजेको बिचमा केही व्यक्तिहरु अस्पतालमा आएर गोरखा अस्पताल का मेडिकल अफिसर अबिनास पराजुलोलाइ अज्ञात समुहले हातपात  गरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।  थाइराइडको नियमित चेकजाचको लागि आएकी एक महिला लाई डाक्टर पराजुलीले यस अघि परिक्षाण गरिएको रिपोर्ट  ल्याउन भनेको तर  तीन जना आएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यलय ले जनाएको छ ।                                     उनिहरुले डाक्टर रहेको ओपिडी कक्षको ढोका बन्द गरि कुटपिट गरेर भागेका थिए कुटपिट गर्नेको पहिचान भैसकेको  जिल्ला प्रहरी कार्यलय का डिएसपी लिलाराम लामिछाने ले बताउनु भयो ।

समितिले उक्त घटनाप्रति खेद  प्रकट गर्दै प्रेस विज्ञप्ती  समेत जारी गर्दै घटनामा संलग्न व्यक्तिहरुको खोजी गरी कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्न सम्बन्धीत निकायलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित