६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

धुलैधुलो बाटो पाँच बर्ष भित्र पिछ हुन्छ : प्रचण्ड

गोरखा (पालुङटार), १३ कात्तिक   नेकपा माओबादी केन्द्र का अध्यक्ष प्रचण्ड ले पालुङटार को धुलै धुलो बाटो पाँच बर्ष भित्र पिच  हुने बताउनु भएको छ ।                                                                                                                                   पालुङटार नगरपालिका को विभिन्न ठाउँमा मतदाता भेट्न आउनु भएको प्रचण्ड ले मतदाता समक्ष पाछ बर्ष भित्र सबै बाटो पिच हुने बताउनु भएको हो । उहाले भन्नू ‘पाँच वर्षअघि चितवनमा पनि धुलो थियो, अहिले पिचैपिच छ । गोरखाको यो धुलो पनि हटाएर पिचैपिच बनाउने छौँ। विकास र समृद्धिको नयाँ मोडेल गोरखा बाट दिने यात्रा थाल्न पाउँदाआफुलाइ  गर्व लागेको बताउनु भयो ।                                                                                                      गोरखा को यो क्षेत्र निकै महत्त्वपुर्ण रहेको र मुख्यमन्त्री पनि यसै क्षेत्रले पाउने र मन्त्री पनि यसै क्षेत्र ले पाउने सम्भावना रहेको बताउनुभयो । र प्रधानमन्त्री पनि यसै क्षेत्र ले पाउने सङ्केत गर्नु भएको छ ।                                                                      अहिले संविधान पनि बनेको छ। स्थिरता र विकासतिर जाने पनि भनियो। तर संविधानमा हस्ताक्षर गरेका केही नेताहरुले च्यात्न खोजे, महिला र जनताको मौलिक अधिकार उल्ट्याउन खोजे’, उनले भने, ‘हामी स्थानीय तह निर्वाचनबाट प्रतिगमनितर लैजान खोज्नेलाई परास्त गर्यौँ। अहिले फेरि संविधान च्यात्न खोज्नेहरुको गठबन्धन बनेको छ। हिजोका दलाल सामान्त र दलालहरु छन् त्यहाँ ।देश टुक्राउन खोज्ने पनि त्यहाँ छन्। उनीहरुलाई फेरि परास्त गर्नुछ।’ उहाले भन्नू भयो ।                                                              अध्यक्ष प्रचण्ड लाई भेट्न पाउँद यहाँ का जनता निकै उत्साहित देखिन्थे विभिन्न ठाउँ को कार्यक्रम धेरै मतदाता उहालाइ भेट्न आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित