६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

थ्रेसर मेसिन भित्रिएपछि किसान लाई धान भित्र्याउन सहज

गोरखा १५ मङ्सिर- प्रविधिकाे विकाससँगै कम खर्चमा खेतीबाली स्याहार्न सकिने भएपछि गोरखा का कृषकहरु यान्त्रिकीकरणको प्रयोग गर्न थालेका छन् ।

समय र लागतमा बचत हुने भएपछि गोरखा का किसान धान झाट्ने यन्त्र थ्रेसर मेसिनको प्रयोगतर्फ आकर्षित भएका हुन् । अहिले गाउँघरमा गोरु पाल्ने चलन हराउँदै गएको छ । जसका कारण कृषिमा काम गर्ने जनशक्ति पाइन छाडेपछि यहाँका कृषकहरु आधुनिक कृषि उपकरणको प्रयोग गर्न बाध्य भएका हुन् ।

कृषि प्रणालीमा भित्रिएको प्रविधिले कृषक लाइ सजिलो भएको छ । केही वर्ष अघिसम्म धानबाली भित्र्याउन महिनौं लाग्ने किसान लाई अहिले धान झाट्ने थ्रेसर मेसिनको प्रयोगबाट धान झाट्न निकै उपयोगी बनेको हो । ट्याक्टर मा जडान गरिएको थ्रेसरले धान र पराललाई छुट्टाछुट्टै फाल्ने गर्दछ । झन्झटिलो प्रक्रिया भन्दा कम जनशक्ति र कम लागतमा थ्रेसरको प्रयोग गर्न सजिलो र फाइदा भएको कृषकहरुको भनाइ रहेको छ ।

आज भोली गाउँघरमा गोरु पाल्ने चलन हराउँदै गएको र कृषिमा काम गर्ने जनशक्ति पाइन छाडेपछि जिल्लाका कृषकहरु आधुनिक कृषि उपकरणको प्रयोगतर्फ लागेका हुन् । यसलाई थप विस्तार गर्न तीन तहकै सरकारले कृषकको सहजताका लागि यान्त्रिकीकरणको खरिदमा अनुदान र सहुलियत दिने हो भने अझ प्रभावकारी हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित