६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङटार वडा नम्बर ८ मा  उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम

मङ्सिर १६ गोरखा पालुङटार नगरपालिका को आयोजना मा आज वडा नम्बर ८ मा  उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम दिइएको छ  । कार्यक्रम वडा नम्बर ८ को कार्यलयमा वडा नम्बर ८ का वडा अध्यक्ष होप बहादुर नेपाली को अध्यक्षतामा भएको हो । कार्यक्रम मा प्रमुख अतिथि नगरप्रमुख बिबस चिन्तन अजय र विशेष अथिती नगर उपप्रमुख बन्दना पान्डे  रहनु भएको थियो ।           नगरपालिकाले चालु आर्थिक बर्ष २०७९ /०८० मा वडा भित्र सञ्चालन हुने बिकासका योजनाहरुको प्रभावकारी कार्यान्व्यनका लागी उपभोक्ता समितिका समितिका पदाधिकारीलाई अभिमुखीकरण तालिम प्रदान गरेको नगर प्रमुख बिबस चिन्तनले जानकारी दिनुभएको छ ।

अभिमुखीकरण तालिममा योजना सम्झौतादेखि भुक्तानी प्रक्रियासम्म उपभोक्ता समितिका पदाधिकारीहरुलाई जानकारी गराइएको हो । “चालु आर्थिक बर्षका योजनाहरुलाई समयमा सम्झौता गरेर समयमा नै निर्माण सम्पन्न गर्ने योजना नगरपालिकाको छ,उनले भने , “योजनाको पूर्ण कार्यान्वयन, पारर्दशिता तथा मापदण्ड अनुसारको काम गराउनका लागी पनि यस्ता खालका अभिमुखीकरण तालिम दिनु आबश्यक छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित