६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

चेपे ए जलविद्युत आयोजना तोडफोडमा संलग्न ८ जनाबिरुद्ध जाहेरी

गोरखा,२७ मंसिर । गोरखा र लमजुङको सिमानामा पर्ने निमार्णधिन ७ मेगावट क्षमताको चम्पावती हाइड्रोपाउरको पाउरहाउस क्षेत्रमा भएको तोडफोड र आगजनी गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखामा जाहेरी दर्ता गरेको छ  । आयोजनाको कार्यालय तथा सवारी साधन तोडफोड र आगजनी गर्नेविरुद्धचम्पावती हाइड्रोपावर कम्पनीले जिल्ला प्रहरी कार्यालय गोरखामा सोमवार उजुरी दर्ता गराएको हो ।

सिरानचोक २ को पाडेवेशीमा निमार्णधिन चम्पावती हाइड्रोपावरका कारण राईनासटार सिंचाई आयोजना प्रभावित बन्ने भन्दै लमजुङ राइनासटार सिंचाइ आयोजना उपभोक्ताहरुले शनिवार तोडफोड र आगजनी गरेका हुन्। कम्पनीले दर्ता गराएको जाहेरीमा लमजुङको राइनास नगरपालिकाका उपप्रमुख पुष्पराज खनालसहित ८ जनालाई कारवाही गर्न माग गरिएको छ ।

यस्तै जाहेरीमा नाम उल्लेख भएका अन्यमा नेपाली काँग्रेसका नगरकार्यसमिति सभापति श्रीकृष्ण पौडेल , राइनास नगरपालिका ६ का फणिन्द्र चिलवाल, हरिप्रसाद चिलवाल, राइनास १ का गोविन्दराज न्यौपाने, प्रकाश न्यौपाने र बलराम घिमिरे तथा राइनास ३ का नारायण अधिकारी रहेका छन् । कम्पनीले तोडफोड र आगजनीबाट ३ करोड ४० लाख रुपैयाँ क्षति पुगेको उल्लेख गरेको छ ।

स्थानीयले कार्यालयको कागजातहरु, कम्प्युटर, २ वटा मोटरसाइकल र ठुला २ वटा ट्रकका साथै जेनेरेटर र विभिन्न स्टोरहरुमा समेत आगजनी गरेको थिए । उनीहरुले पाउवरहाउसमा रहेको कार्यालयमा तोडफोड गरी आगजनी गरेका थिए । तोडफोडबाट पाउरहाउसमा राखिएको मिक्स्चर र डोजरमा समेत क्षति पुगेको छ ।

वि सं २०४० सालमा निर्माण गरिएको राइनासटार सिंचाइ आयोजनाका करिव १ हजार ८०० उपभोक्ता रहेको र आयोजनाबाट ८७५ हेक्टर क्षेत्रफल सिंचाइ हुँदै आएको छ ।

प्रभावित किसानहरु जलस्रोत मन्त्रालय, सिंचाइ मन्त्रालय, वातावरण मन्त्रालय, विद्युत विकासमा डेलिगेन गइसकेको र आयोजनाको पाउर हाउसको निमार्ण कार्य रोक्ने आदेश भएको एक किसानले बताए । हाईड्रोले त्यसको वेवास्ता गर्दै राइनासटार सिंचाइ आयोजनाको मुहानबाट २०० मिटर तल बनाउन लागेको भन्दै त्यसलाई स्थगित नगरे अझै शसत्त आन्दोलनमा उत्रने पिडित किसानहरुको भनाई छ ।

०८० साल असार महिना भित्रमा सम्पन्न गर्नेगरी काम भईरहेको आयोजनामा ६० प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाको कुल लागत १ अर्ब ३२ करोड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित