६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

प्रधानाध्यापक र साहायक प्रधानाध्यापक बिचको बिबाद उत्कर्शमा

२पौष गोरखा -पालुङटार पालुङटार नगरपालिका वडा नम्बर ८ को अकला माबी मा प्रधानाध्यापक राजेन्द्र अम्गाइ र साहायक प्रधानाध्यापक राजेन्द्र रोक्का बिचको बिबाद उत्कर्शमा पुगेको छ ।

बिधालय ब्यबस्थापन समितिको बैठक मा भएको बिबाद को भिडियो बाहिरिए पछी बिबाद बारे कुरा बाहिर आएको हो । बिद्यालय प्रसासन को मुख्य दुई प्रधानाध्यापक र साहायक प्रधानाध्यापक बिच नै बिबाद भए पछि बिधालय को अतिरिक्त कक्षा, तथा प्रसासनिक काम कारबाही ठप्प जस्तै भएको छ ।प्रधानाध्यापक अम्गाइ र साहायक प्रधानाध्यापक रोक्का पठनपाठन भइरहेको समयमा पनि बिबाद हुने कुरा एक विद्यार्थी ले बताएका छन ।

बिबाद बारे के भएको हो भन्ने पालुङटार न्युज का सम्बादाता ले प्रश्न गर्दा साहायक प्रधानाध्यापक राजेन्द्र रोक्काले प्रधानाध्यापक आफू संग कुनै पनि सहकार्य नगरी एकलौटी ढङ्गबाट निर्णय गरेको, आर्थिक अनियमितता गरेको आरोप लगाउनु भएको छ । असोज मै प्रधानाध्यापक राजिनामा आइसकेको ले प्रधानाध्यापक ले आफुखुसी निर्णय गर्न नहुने उहाले बताउनु भएको छ । प्रधानाध्यापक को राजिनामा आइसकेको ३ महिना बितिसक्दा पनि बिधालय ब्यबस्थापन समितिले राजनितिक दबाब मा परि कुनै पनि निर्णय नगरेको आरोप रहेको छ ।आफू प्रधानाध्यापक हुनुपर्छ भन्ने नरहेको तर बिद्यालय को सुदृढीकरण को लागि छिटोभन्दा छिटो प्रधानाध्यापक को निर्णय हुनुपर्ने बताउनु भएको छ ।

यता प्रधानाध्यापक राजेन्द्र अम्गाइ ले भने साहायक प्रधानाध्यापक रोक्का ले भने जस्तो आर्थिक अनियमितता नभएको दाबी गर्नु भयो । आफुले राजिनामा दिएर मार्गप्रसस्त गरिसकेको तर बिद्यालय ब्यबस्थापन समितिले अर्को बिकल्प तयार नहुदा सम्मको लागि बिद्यालय को काम कारबाही गर्नु भनी निर्देशन बमोजिम आफू हालसम्म प्रधानाध्यापक को जिम्मेवारी मा काम गरिरहेको बताउनु भएको छ । साहायक प्रधानाध्यापकको गैरजिम्मेवारि का कारण आफुले उहाँलाई जिम्मेवारी नदिदा एकलौटी ढङ्गबाट चल्यो भन्ने उहाको आरोप संकिण सोच को साथ आएको हो उहाँले भनाइ छ ।

साहायक प्रधानाध्यापक रोक्का बिद्यालय ब्यबस्थापन समितिको बैठक मा नआउने आफैले माइनट लेखेर गरेको निर्णय पनि पछि यो कसले गरेको निर्णय हो मलाइ थाहा छैन भन्ने बैठक मा गुन्डागर्दी शैलीबाट प्रस्तुत हुने अपशब्द बोल्ने जस्ता आरोप प्रधानाध्यापक को आरोप छ ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षले बिबाद बारे आफुलाइ जानकारी भएको । प्रधानाध्यापक को राजिनामा आए पछि अर्को निर्णय नहुदा सम्म को लागि जिम्मेवारी नछाड्न आग्रह गरेको र दसैं तिहार लगत्तै चुनाब को कारण निर्णय हुन नसकेको पछि आफै बिरामी भएकोले बिद्यालय ब्यबस्थापन समितिको बैठक बस्न नसकेको कारण ढिलाइ भएको हो स्वीकार गर्नु भयो ।
                                                                यसरी बिद्यालय प्रसासन को मुख्य २ कर्मचारी बिच बिबाद हुनु पक्कै राम्रो होइन दुबैले ब्यक्तिगत बिबाद होइन सस्थागत रुपमा केही सामान्य छलफल बहस हो भनेता पनि बिबाद ले एकले अर्कोलाइ लडाउन पछार्न खोजेको प्रष्ट देखिन्छ । बिद्यालय मा अतिरिक्त कक्षा हुन सकेको छैन जसले गर्दा बिद्यालय का विद्यार्थी को भबिस्य माथी खेलबाड भएको छ त्यसैले छिटोभन्दा छिटो विवाद समाधान गर्न समन्धित निकाय को ध्यान जान जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित