६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

स्याङ्जामा पर्खालले थिचिँदा मजदुरको ज्यान गयाे

स्याङ्जा –  स्याङ्जाको वालिङमा पर्खालले थिचिँदा एक मजदुरको ज्यान गएकाे छ । हिजाे वालिङ नगरपालिका–८ डुम्रिकोटमा रहेकाे डुम्रिकोट–मिर्दी सडक खण्डमा काम गर्ने क्रममा पर्खालले थिचिँदा धादिङको बेनीघाट–९ का ३० वर्षीय उमेश चेपाङको ज्यान गएकाे हाे । 

सडकको नालीमा सोलिङ गर्ने क्रममा कुनामा रहेको पर्खाल भत्किँदा गम्भीर घाइते चेपाङको उपचारका क्रममा वालिङमा रहेकाे गह्रौँ प्राथमिक अस्पतालमा ज्यान गएकाे हाे। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित