चेपे ए जलविद्युत् आयाेजनामा सुरक्षाको प्रत्याभूति गराउन माग

पौष २ गोरखा – गोरखा र लमजुङको सीमा चेपे खोलामा निर्माण भैरहेको चेपे ए जलविद्युत् आयोजना निर्माण स्थलमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन आयोजना सञ्चालक समितिले माग गरेको छ ।
गएकाे मंसिर २४ गते आयोजनामा तोडफोड र आगजनी भएपछि निर्माणका थप काम अघि बढाउन समस्या भएको भन्दै सञ्चालक समिति चम्पावती हाइड्रोपावर लिमिटेडले सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेको हो । चम्पावती हाइड्रोपावर लिमिटेडले गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै लगानी र भौतिक संरचनाको सुरक्षाको ग्यारेन्टी नभई आयोजनाको बाँकी काम सुरु गर्ने अवस्था नरहेको जनाएको हो ।
७ मेगावाट क्षमताको निर्माणाधीन आयोजनाको गोरखाको सिरानचोक गाऊँपालिका २ कुभिण्डेबेसीमा रहेको कार्यालयमा भएको तोडफोड र आगजनीमा ३ करोड बढीको क्षति भएको आयोजनाको दाबी छ । आयोजनामा तोडफोड र आगजनीका कारण भएको भौतिक क्षति, आयोजना निर्माणमा हुन जाने ढिलाईले गर्दा लागत बढ्ने तथा आम्दानी घटन गई झण्डै ३३ करोड ४० लाख रुपैयाँको क्षति रहने चम्पावती हाइड्रोपावर लिमिटेडका अध्यक्ष हरीराम पराजुलीले बताउनुभयो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
5%

8%

11%

3%

7%

प्रतिक्रिया दिनुहोस्