नारायणी नदीबाट एक जना युवतीले हामफालिन
नवलपुर पौष ५ । नारायणी नदीको नारायणी पुलबाट एक जना युवतीले हामफालेकी छिन्। इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गएराति ८ बजेको समयमा गैडाकोट २ नारायणी नदी पुलबाट १८ बर्षीय युवती सरस्वती कुवरले नदीमा फाल हालेकी हुन्।
बैतडी जिल्ला घर भई हाल चितवन स्थित पोखरा बसपार्कमा हर्बोको सामान बिक्री गर्ने काम गरी बस्ने कुँवरले पुलको बीच भागबाट हाम फालेको हो।
प्रहरीको टोली र स्थानीयले खोजी गर्ने क्रममा उनलाई गैडाकोट–६ टपरी होटल नजिकै नदी किनारमा फेला पारी उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवन ल्याएको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम र उपचार भईरहेको प्रहरीले जनाएको छ ।
Related
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
5%
खुसी
8%
दुःखी
11%
अचम्मित
3%
उत्साहित
7%
आक्रोशित
प्रतिक्रिया दिनुहोस्