६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

काठमाडौं  पौष ६ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि  सिंहदरबार स्थित कांग्रेस दलको कार्यालयमा भएको मतदानबाट नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा विजयी भएका छन् । 

बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा देउवा ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका हुन्।

उनको प्रतिस्पर्धामा उत्रिएका कांग्रेस महामन्त्री एवं काठमाडौं-४ का सांसद गगन थापा २५ मत पाए।

दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिष्पर्धामा थिए।

विहान ८ बजेबाट जारी मतदानको परिणाम आएको हो । संसदीय दलमा ८९ सांसदको प्रतिनिधित्व नेपाली कांग्रेसले गर्छ ।

निर्बाचनमा शतप्रतिशत मत खसेको खसेको थियो । सुत्केरी भएर अस्पतालमा रहेकी सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् । उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् । निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित