६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

प्रधानाध्यापक र सहायक प्रधानाध्यापक बिचको बिबाद समाधान

गाेरखा पौष १० – पालुङटार नगरपालिका वडा नं. ८ मा रहेकाे अकला माध्यमिक बिद्यालयमा प्रधानाध्यापक र सहायक प्रधानाध्यापक बिचकाे बिबादकाे समाधान भएकाे छ ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र अंगाइ र सहायक प्रधानाध्यापक राजेन्द्र राेका बिच बिबाद बढेर उत्कर्श मा पुगेपछी विद्यालय सञ्चालन र पठनपाठन मा गम्भीर असर परेपछी  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठकाे अध्यक्षतामा बैठक बसेर बिबाद समाधान गरेको हो । बैठकमा पालुङटार नगरपालिकाका शिक्षा शाखा प्रमुख माधव देवकाेटा, शिक्षक महासँघ पालुङटारका अध्यक्ष चेतनाथ पन्त, भवानी मा.वि. का प्रधानाध्यापक ओजराज गिरी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका गणेश देवकाेटा, शिक्षक अभिभावक संघका पदाधिकारीहरू तथा अभिभावकहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।

बिद्यालयमा भएको छलफल का क्रममा दुवै पक्षले आफ्ना कमी कमजाेरीहरू स्वीकार गर्दै आत्मालाेचना गरेका छन्  र आगामी दिनमा विद्यालयकाे प्रसासनिक तथा पठनपाठन कुनै पनि काममा बाधा पुग्ने खालको गतिविधि गतिबिधी हरू नगर्ने र कमजाेरीहरू सुधार गर्दै बिगतका सानातिना कुराहरूलाइ छाडेर अगाडी बढने भन्दै दुवै जनाले हात मिलाएर एकजुट भएर काम गर्ने प्रतिबद्धता गरेका छन् ।

प्रधानाध्यापक र सहायक प्रधानाध्यापक बिच एक आपसमा भएको बिबाद ले बिद्यालय को काम कारबाही तथा पठनपाठन मा असर परेको थियो । विद्यालय परिसरमै दुई बिच आपसमा भनाभन हुने गरेकाे थियो । बिद्यालय ब्यबस्थापन समितिको बैठक मा नै दुई जना बिच भएको चर्को भनाभनको  भिडियो सामाजिक सञ्जालमा  बाहिरिएपछि स्थिति जटिल माेडमा पुगेको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित