६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पाल्पाको खुसार्नेमा बस दुर्घटना : एकै गाउँका ६ जना महिलाको ज्यान गयो, १८ जना घाइते

पाल्पा पौष २२ – पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नम्बर ८ खुसार्नेमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्नेका लागि छुटेको  यात्रुवाहक बस खुसार्ने पुग्नै लाग्दा राति १० बजेतिर मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको हो ।

ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुसार्ने गाउँका ६ जना महिलाको ज्यान गएको हो । खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सरुमाया घिमिरे, कमला खत्री र गुनी गाहाको ज्यान गएको वडा नम्बर ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिनुभयो । ज्यान गुमाउने सबै खुसार्ने गाउँका हुन् ।

ज्यान गुमाएकामध्ये एक जनाको भने परिचय खुल्न सकेको छैन । तीन जनाको शव दुर्घटनास्थलबाट बाहिर निकालिएको छ भने ३ जना बसले च्यापेको अवस्थामा रहेका प्रहरीले जनाएकाे छ । 

पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीय बासिन्दाले उद्धार कार्य जारी राखेका स्थानीय प्रहरी चौकी जुठापौवाका वरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिनुभयो  । दुर्घटनामा घाइते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले बताउनुभयो  । घटनास्थल सालझण्डी-९ढोरपाटन सडक खण्ड अन्तर्गत  रुपन्देहीको सालझण्डीदेखि झण्डै १० किलोमिटरको दूरीमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित