६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

गोरखा अस्पतालमा हाडजोर्नी सम्बन्धि अप्रेसन सेवा संचालनमा

गोरखा, २२ पुष। गोरखा अस्पतालमा हाडजोर्नी एबं ट्रमाका अप्रेसन सेवा संचालनमा आएको छ । अस्पतालले अप्रेसन सेवा बिस्तारको क्रममा हाडजोर्नी एबं ट्रमाका अप्रेसन सेवा संचालनमा ल्याएको हो ।

सडक दुर्घटनादेखी रुखबाट लडेकाहरुको डाजोर्नीमा समस्या भएकहरुलाई उपचार गर्ने गरी सेवा सञ्चालनमा ल्याएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिनुभयो । ‘ हामीले सामान्य हाडजोर्नी अप्रेशनका लागि पनि बाहिर पठाउनु पर्ने बाध्यता हटेको छ’ ढकालले भन्नुभयो ‘अब भने स्टिलहरु राखेर गनुपर्ने अप्रेशन पनि यही गर्न सकिन्छ ।’

अस्पतालले यो सेवा बिगत २ सातादेखी सञ्चालनमा ल्याएको उहाँको भनाई छ। सूचना अधिकारी ढकालका अनुसार अहिलेसम्म ४ जनाले सेवा लिई सकेका छन् ।हाल सिएम मेशिन नआएको कारण ठुला अप्रेशन नगरिएको तर सामान्य अप्रशेनका लागि पनि जिल्ला बाहिर जानुपर्ने समस्याबाट सेवा ग्राही मुक्त भएको अस्पताल प्रशासनले जनाएको छ ।

हाडजोर्नी तथा नशारोग विशेषज्ञहरु डा.सिद्दार्थ खनाल र डा.सन्देश श्रेष्ठ गोरखा अस्पतालमा दैनिक सेवा दिदैै आउनु भएका छन् । प्रशासनले दिएको जानकारी अनुसार १ महिना भित्रै सिएम मेशिन आउने र त्यस लगत्तै ठुला सबै प्रकारको अप्रेशन अस्पतालबाट हुने छ ।

यता न्युरोलोजिष्टहरु संग सल्लाह गरेर गनुपर्ने बाहेकका सबै प्रकारको हाडजोर्नीको सेवा अस्पतालबाट दिन सक्षम भएको छ । २ साता अगाडीसम्म पनि अस्पतालमा आएका हाडजोर्नीको समस्याका बिरामीहरुलाई अस्पतालले जिल्ला बाहिर रेफर गर्दै आएको थियो ।

अप्रेशनका लागि अस्पतालमा एनेस्थेसियाको लागि एनेस्थेसियोलोजिष्ट डा.अबिशेस श्रेष्ठले सेवा दिदै आउनु भएको सूचना अधिकारी ढकालले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित