७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

गोरखा बाट हराएका ४ बालिका तनहुँको बरादीमा फेला

गोरखा, २२ पुष । गोरखा सदरमुकामको एक स्कुलबाट हराएका ४ बालिकाहरु तनहुँको बरादीमा फेला परेका छन् । गोरखा नगरपालिका–९ को लक्ष्मीबजारमा रहेको महालक्ष्मी माविमा अध्ययरत उनीहरुलाई ४ः३० बजेको समयमा तनहुँको बरादीमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिनुभयो।

हिजो दिउँसोदेखी बेपत्ता ति बालिकाहरु कक्षा ४, ५ र ६ मा अध्ययनरत भएको प्रधानाध्यापक चुढामणी काप्रीले बताउनुभयो । उहाँका अनुसार हराएका बालिकाहरुमा कक्षा ४ मा अध्ययनरत बारपाक सुलिकोट गाउँपालिकाकी १६ बर्षिया संगिता गुरुङ, कक्षा ५ मा अध्ययनरत द्वय शहिद लखन गाउँपालिकाकी १६ बर्षिया सरिता परियार र रौतहट घर भएकी १६ बर्षिया काजल हजारा हुन् ।

त्यस्तै गरी कक्षा ६ मा अध्ययनरत लक्ष्मी बजार घर भएकी १३ बर्षिया अस्मिता कुवर पनि बरादीबाट फेला परेको गोरखा प्रहरीले पुष्टी गरेको छ । हिजैदेखी सम्र्पक बिहीन भएका ति बालिकारुको खोजीमा गोरखा प्रहरीको १ टोली हिजैदेखी खोजी कार्यमा लागेका थिए । ति सबै बालिकाहरुलाई सरिता परियारको आफन्तको घरमा फेला पारीएको प्रहरी उपरिक्षक खनालले बताउनुभयो ।

फेला परेका सबै बालिकालाई गोरखा तर्फ ल्याउने तयारी भई रहेको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानमा हराएका मध्ये सरिताको उक्साहटमा उनीहरु सबै भागेको अनुमान गरिएको छ । ४ जना बालिकालाई शुक्रबार पोखरा तर्फ जाने लागेको बेला फेला परेको गोरखा प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित