६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङटार ७ च्याङ्ली मा कुमाल समुदाय ले भब्य रुपमा माघी पर्व मनाउने

पौष २६ गोरखा। माघेसक्रान्ती को अवसरमा पालुङटार नगरपालिका ७ च्याङ्ली मा कुमाल समुदाय ले भब्य रुपमा माघी पर्व मनाउने भएका छन ।

नेपाल कुमाल समाज सुधार समिती पालुङटार नगर समिति र कोलडाडा आमा समुहको संयुक्त आयोजना मा गरिन  लागिएको बताइएको छ ।पालुङटार नगरपालिका वडा नम्बर ७ मा निर्माणाधिन कुमाल समुदाय को संग्रहालय रहेको ठाउँ कोलडाडामा भब्यताका साथ माघी पर्व मनाउन  लागिएको हो ।
कार्यक्रममा कुमाल भेषभुसा पर्दशन , कुमाल खानाका परिकार बनाइ भोज खाने कुमाल समुदायको नाचगान गरि रमाइलो गने प्रचार प्रसार समिति सदस्य बिनायक कुमाल ले बताउनु भएको छ । कार्यक्रम मा गोरखा जिल्ला का कुमाल समुदाय बाट निर्बाचित जनप्रतिनिधि र वडा नम्बर ७ बाट २०७८/ ०७९ मा see पास गरेका विद्यार्थी लाई सम्मान गरिने कार्यक्रम पनि रहेको कार्यक्रम रहेको पनि बताउनु भयो ।

कार्यक्रम नेपाल कुमाल समाज सुधार समितिका पुर्व केन्द्रिय अध्यक्ष जित बहादुर कुमाल को प्रमुख आतिथ्यतामा गरिने बताइएको छ । पुर्ब  सभासद ज्ञानेन्द्र कुमाल, पुर्व केन्द्रिय कुमाल समाज सुधार समितिका बर्तमान जिल्ला अध्यक्ष आलोक कुमाल ,आदिबासी जनजाती केन्द्रिय सचिव श्रुति कुमाल, लगायत का को उपस्थिति रहने आयोजक ले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित