पालुङटार नगरपालिका ७ बिरुवाटार बजार मा बजार अनुगमन
पौष २८ गोरखा । पालुङटार नगरपालिका वडा नम्बर ७ बिरुवाटार बजार मा बजार अनुगमन गरिएको छ । पालुङटार नगरपालिका ।पालुङटार नगरपालिका वडा नम्बर ७ को कार्यलय बाट वडा अध्यक्ष वडा सचिब वडा सदस्य प्रहरी लगायत को टोलि बाट बजार अनुगमन गरिएको हो ।
बिरुवाटार बजार मा मात्रै अनुगमन गर्दा ३ वटा पसल दर्ता नगरिएको भेटिएको , एक पसल मा म्याद सकिएको डिउ भेटिएको ,एक पसलमा चामल म्याद सकिएको भेटिएको र एउटा किराना पसलमा खाद्यान्न र बिषादि पसल एकै ठाउँमा राखेको भेटिएको वडा सदस्य पम्फा बिक ले बताउनु भयो ।
जनगुनासो बढेपछी अनुगमन गरिएको र अनुगमन गरिएको र अनुगमन गरेका पसलमा दर्ता गरेर चलाउन , म्याद सकिएक खाद्यान्न नराख्न र खाद्यान्न र बिषादि एकै ठाउँमा नराख्न सुझाब दिइएको वडा अध्यक्ष अर्जुन बहादुर कुमाल ले बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्