६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

गोरखा-२ मा एमालेबाट ‘गुण्डा नाइके’ चक्रे मिलन उम्मेदवार सिफारिस

सोमबार २० भदौ २०७९
गोरखा-२ मा एमालेबाट ‘गुण्डा नाइके’ चक्रे मिलन उम्मेदवार सिफारिस
काठमाडौँ- नेकपा एमाले गोरखा-२को क्षेत्रीय कमिटीले ‘गुण्डा नाइके’ मिलन गुरुङ (चक्रे मिलन)लाई प्रतिनिधिसभामा उम्मेदवार सिफारिस गरेको छ। आइतबार बसेको गोरखा-२ को क्षेत्रीय समितिले गुरुङसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो।

एमाले नेता देवीबहादुर बस्नेतले गुरुङसहित तीन जनाको नाम सिफारिस भएर आएको पुष्टी गरे। क्षेत्रीय कमिटीले भोलि सोमबार जिल्ला कमिटीमा नामहरू पठाउने छ।

गोरखा-२बाटै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि चुनाव लड्ने बताउँदै आएका छन्। गोरखा-२बाट भट्टराई लगातार निर्वाचित हुँदै आइरहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित