७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

१० सेकेन्ड जोगाउन नसक्दा दुर्घटना

माघ १ पोखरा । अन्तिम १० सेकेन्ड मात्र जोगाउन नसक्दा काठमाडौंबाट पोखरा आउँदै गरेको जहाज दुर्घटनामा परेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल श्रोतका अनुसार आइतबार यो जहाज पश्चिमतिरबाट अवतरण गर्दैगर्दा दुर्घटनामा परेको हो।  

एकजना एयर ट्राफिक कन्ट्रोलरका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्व–पश्चिम फर्केको छ। रनवे ३–० पूर्व र रनवे–१–२ पश्चिम धावनमार्ग हो। सुरुमा पूर्वतिर (रनवे ३–०) बाट अवतरण गर्ने भनेर अनुमति मागेको जहाज पछि पश्चिम (रनवे–१–२) तिरबाट अवतरण गर्ने भनेर घुमेको थियो।  

‘३–० रनवे बाट अवतरण गर्ने भनेको जहाज पछि १–२ बाट अवतरण गर्ने भनेर घुमेको थियो। पुरानै विमानस्थलको माथिको आकाशबाट घुमेर जाने क्रममा दुर्घटनामा परेको हो,’ ती कन्ट्रोलरले भने, ‘१० सेकेन्डमा जहाज धावनमार्ग आइपुग्थ्यो। तर, त्यही बीचमा दुर्घटनामा परेको हो। कारण अझै खुलेको छैन।’  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित