६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङटार ८ मा भएको वडा कप मा आज ३ खेल भए

पालुङटार वडा नम्बर ८ मा टोल स्तरीय वडा कप आज बाट सुरुवात भएको छ ।

माघे सक्रान्ती अबसरमा मुलाबारी युवा क्लब को गरेको वडा कप फुटबल खेल पालुङटार वडा नम्बर ८ को वडा अध्यक्ष होप बहादुर नेपालि को  प्रमुख आतिथ्यतामा भएको हो ।वडा अध्यक्ष ले उद्घाटन खेलमा रेफ्री लाई फुटबल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका हुन् ।   

आजको उद्घाटन खेलमा सिर्जनशिल टोल बिकास सस्था र झाक्रा टोलबिकास सस्था बिच  भएको खेल मा सिर्जनशिल टोल बिकास सस्था ३-० गोल ले बिजयी भयो भने अकला टोल बिकास सस्था र सागछर्ने टोल बिकास सस्था बिचको खेल निर्धारित समय सम्म नि गोलरहित बराबरिमा रोकिए पछि खेल पेनाल्टी सुट आउट गरिएको मा  सागछर्ने टोल बिकास सस्था ले  अकला टोल बिकास सस्था लाई ३-२ गोलले हरायो भने मिलन टोल बिकास सस्था मुलाबारी टोल बिकास सस्था बिच पनि निर्धारित समय सम्म नि गोल हुन नसके पछिपेनाल्टी सुट आउट मा मुलाबारी  टोल बिकास सस्था लाई  ४-३ गोल ले हरायो ।

भोलि सेमिफाइनल खेलमा पहिलो खेल  सिर्जनशिल टोल बिकास सस्था र दुभार टोल बिकास सस्था बिछ हुने र दोस्रो खेल  रातमाटे टोल बिकास सस्था र सागछर्ने टोल बिछ हुने क्लब अध्यक्ष सम्राट काराखेती ले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित