७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

पल शाह विरुद्धको मुद्दामा तनहुँ जिल्ला अदालतले आज फैसला गर्दै

माघ ३, तनहुँ । चलचित्र नायक पल शाह विरुद्धको मुद्दामा तनहुँ जिल्ला अदालतमा आज सुनुवाइ हुने भएको छ । उनीमाथि लागेको नाबालिकामाथि बलात्कार अभियोगमा लामो समयदेखि टुंगो लाग्न सकेको छैन । बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको सो मुद्दामा आज सुनुवाई हुँदै छ ।

 

यसअघि नवलपरासी जिल्ला अदालत, नवलपुरले शाहमाथिको मुद्दामा फैसला सुनाएको थियो । भदौ २१ गतेको उक्त अदालतको फैसलाअनुसार शाहलाई बलात्कारको आरोपमा सफाइ दिइएको थियो भने केवल बाल यौन दुर्व्यवहारको अभियोगमा मात्र भने साढे दुई वर्षको कैद सजाय सुनाइएको थियो ।

 

तर शाहमाथि एकैसाथ तनहुँ र नवलपरासीमा मुद्दा चलेकाले तनहुँले भने फैसदा दिइसकेको छैन । नवलपुर अदालतको फैसला समेत माग गरी थप अनुसन्धान गरी तनहुँ अदालतले आज माघ ३ गतेका लागि सुनुवाइको मिति तोकिएको छ ।

आज तनहुँ अदालतले शाहलाई बलात्कार मुद्दामा सफाइ दिने या कैद सजाएँ तोक्ने भन्नेबारे फैसला हुनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित