६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

पालुङटार ८ को वडा कप फुटबल उपाधी मिलन ले जित्यो

माघ ३, गोरखा । पालुङटार वडा नम्बर ८ मा भएको वडा कप फुटबल मा मिलन टोल ले उपाधी उचालेको छ ।

मिलन टोल र सिर्जनशील टोल बिचको निकै रोमान्चक खेलमा मिलन टोल ले सिर्जनशील टोल लाई १-० गोल ले हराएर उपाधी जितेको हो । यो संगै मिलन टोल ले ट्रफी र प्रमाणपत्र सहित नगद २० हजार जितेको छ भने सिर्जनशील टोल ले ट्रफी प्रमाणपत्र सहित नगद १० हजार मा चित्त बुझाएको छ ।

आजै भएको पहिलो सेमिफाइनल खेलमा सिर्जनशिल टोलले दुभार टोल लाई १-० गोलले हराएर फाइनल मा पुगेको हो भने मिलन टोलले सागछर्ने टोल लाई पेनाल्टी सुटआउट मा हराएर फाइनल मा पुगेको थियो ।

त्यस्तै उत्कृष्ट खेलाडी मा मिलन टोलका दिपेश घिमिरे उत्कृष्ट गोल किप्पर पनि मिलन टोलका रजिन उप्रेती र अनि खेल अबधी भर धेरै गोल गर्ने खेलाडी सुमन नेपाली सिर्जनशिल टोलका खेलाडी ले पनि पुरस्कार प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित