७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

बाटो कालोपत्रे नहुदै नाला भत्कियो काम गुणस्तरीय नभएको स्थानीय को भनाइ

गोरखा, ७ माघ।  गोरखा को पालुङटार नगरपालिका अन्तर्गत पर्ने राधाकृष्ण मन्दिर देखि कालामाटा मजुवा हुँदै बिमल नगर सम्म को बाटो काम गुणस्तरीय नभएको स्थानीय ले गुनासो गरेका छन् ।

यो बाटो कालोपत्रे गर्न २०७६ साल मै ठेक्का सम्झौता भएता पनि ठेकेदार लापरबाही को  कारण काम गर्न ढिलाइ  संगै गुणस्तरीय नभएको स्थानिय ले गुनासो गरेका छन् । कालोपत्रे गर्नको लागि माटो फिजाएर रोलर गर्दा नालिको गाह्रो ठाउँ ठाँउ मा क्र्याक  भएर भत्किए को देख्न सकिन्छ । जति पेल्नु पर्ने हो त्यति पेलिएको नि छैन नालामा लगाइएको गाह्रो मा कम सिमेन्ट प्रयोग गरिएको कारण जडान बलियो नहुदा भत्किएको सोही क्षेत्रका एक जना स्थानीय ले नाम नभन्ने सर्तमा बताएका छन् ।

समयमा काम सम्पन्न नहुदा यो बाटो मा यात्रा गर्दा सास्ती खेप्नु परेको छ । करिब ९ दशमलव ९४ किलोमिटर बाटो कालोपत्रे गर्न को लागि २३ करोड ३८ लाखमा २०७६ सालमै ठेक्का सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित