७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

उखु बेचेर राम्रो आम्दानी गर्दै गोरखा च्याङ्ली का कुमाल समुदाय

७ माघ, गोरखा । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ को च्याङ्ली मा गत बर्ष फागुन चैतमा लगाइएको उखु बेच्नी बेला भएको छ ।

यति बेला किसानको बारिमा होलसेल तथा खुद्रा व्यापारी उखु किन्न र उखुको मोलमोलाइ गरेको भेटिन्छ ।खानी बेला भएको कालो उखु किसान को बारिमा प्रसस्तै देख्न सकिन्छ । यस ठाउँ बाट बर्सेनि लाखौ को उखु उत्पदन हुन्छ। विशेषगरी आलेबर, पुणिपिपल ,ढल्केबर, ठाटिटार ,अमिलटार र माझीगाउँ लगायत को कुमाल बस्ती मा उखु खेती गरिन्छ ।

उखु फागुन चैत मा रोपेर एक बर्ष मा बेच्न योग्य हुन्छ ।प्राय सिंचाइ आवश्यक गर्नु नपर्ने र सुख्खा ठाउँमा उत्पदन हुने भएकाले च्याङ्ली मा उखुको उत्पदन राम्रो हुने गरेको छ । बर्सेनि किसान ले लाखौको उखु खेती बाट लाखौ आम्दानी लिइरहेका छन् । यस ठाउँ को उखु खान को लागि पोखरा दमौली डुम्रे बेसिसहर धादिङ चितवन काठमाडौ सम्म लैजाने गरेको किसान ले बताएका छन ।

हामीले परम्परागत उखु खेती बाट उन्नत जातको उखु खेती गर्न थालेको धेरै बर्ष हुदा पनि अहिलेसम्म सरकारी निकाय बाट केही पनि सहयोग नपाएको किसान को गुनासो छ । हामि आफ्नै तरिका बाट उखु खेती गरेको छौ सरकारी निकाय मा के आउँछ हामिलाइ थाहा हुदैन नगरपालिका बाट सहयोग पाइन्छ भन्ने त सुन्छौ तर सबै जानिदैन एक किसान ले बताए । हामिलाइ सहयोग भए  मेहनत गर्न तयार छौ तर हामिलाइ कुनै पनि प्रकार को सहयोग छैन उनले भने । 

किसानको बारी बाटै ब्यपारिले एक ढाक उखुको ३०- ५० रुपैयाँ होलसेल मा  किनेर लाने गरेका छन।  किसान हरु तयारी उखु नबेच्दैमा फेरि उखु रोप्न को लागि खनजोत गरेर माटो को तयारी गरिसकेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित