७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

राजनीतिक आडमा गुन्डागर्दी फरक लाइन कै कारण मरहट्टा माथी आक्रमण

७ माघ, गोरखा । पालुङटार नगरपालिका का प्रमुख बिबस चिन्तन अजय को स्वोकिय सचीव तथा अखिल क्रान्तिकारिका विद्यार्थी नेता अशोक मरहट्टा माथी कार्यलय भित्रै आक्रमण भएको छ ।

शनिबार दिउँस कार्यलय भित्र पुगेका बिबादित चेपे हाइड्रोपावर ए का म्यानेजिङ डाइरेक्टर पालुङटार २ निबासी दुर्गालाल श्रेष्ठले एक्कसी ज्यान मार्ने धम्की सहित मरहट्टा माथी कुटपिट गरेका हुन् । श्रेष्ठ आफै गत मंसिर मा भएको निर्वाचन मा गठबन्धन तथा पालुङटार २ का  माओबादी इन्चार्ज समेत हुन् । 

गत मंसिरमा भएको  निर्वाचन मा चुनाबी हिसाब किताब नमिलाएको आरोप लगाउदै एकछिन छलफल गरौ भन्दै नगरपालिका को सिसि टिभी क्यामेरा ले नभेट्ने कुनामा तानेर लगेको  भिडियो मा देख्न सकिन्छ । कुनामा लगेपछी कुटपिट गरेको पीडित मरहट्टा ले बताउनु भएको छ ।मरहट्टाको गाला घाँटी र बाङ्गारामा गम्भीर समस्य देखिएको छ ।

आक्रमण पछि पीडित मरहट्टा ले इलाका प्रहरी कार्यलय मा ठाडो उजुरी दर्ता गराएका छन् । श्रेष्ठले यो भन्दा अगाडी पनि पटक पटक फरक बिचार राखेको भन्दै भौतिक आक्रमण को धम्की दिदै आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित