७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

स्वकिय सचीव मरहट्टा लाई कुटपिट गर्ने श्रेष्ठ लाई कारबाही नगरेको विषयमा कर्मचारी को संयुक्त प्रेस बिज्ञप्ति

९ माघ गोरखा । पालुङटार नगरपालिका का प्रमुख बिबस चिन्तन अजय को स्वोकिय सचीव  अशोक मरहट्टा माथी कुटपिट गर्ने दुर्गालाल श्रेष्ठ लाई प्रहरीले आज सम्म नि पक्राउ नगरेको विषयमा पालुङटार नगरपालिकाका कर्मचारीले संयुक्त बिज्ञाप्ति निकालेका छन् ।

मरहट्टा लाई कुटपिट गर्ने  दुर्गालाल  श्रेष्ठ विरुद्ध  मरहट्टा ले इलाका प्रहरी कार्यलय मा ठाडो उजुरी गरेको   २  दिन बिति सक्दा पनि निज श्रेष्ठ लाई प्रहरिले पक्राउ गरेको छैन ।

उक्त विषयमा कर्मचारी को संयुक्त टोलिले श्रेष्ठ लाई पक्राउ गरि कारबाही गर्न नसकेको मा नगरपालिका का कर्मचारीले संयुक्त प्रेस बिज्ञाप्ति जारी गरि निज दुर्गालाल श्रेष्ठलाई पक्राउ गरि कारबाही को माग गरेका छन। संयुक्त बिज्ञाप्ति मार्फत ३ दिन भित्र पक्राउ गर्न भनिएको छ । ३ दिन भित्र पक्राउ गरि कारबाही नगरे थप कार्यक्रम सहित आन्दोलन को कार्यक्रम ल्याइने  बिज्ञप्ति मा भनिएको छ ।

 गत माघ ७ गत्ते शनिबारश्रेष्ठ लगायत को टोलि  नगरपालिका भित्र प्रवेश गरि मरहट्टालाई कुटपिट गरेका थिए । कुटपिट बाट मरहट्टा को बाङ्गरा र घाटिमा गम्भीर असर परेको बताइएको छ ।

कुटपिट गर्ने दुर्गालाल श्रेष्ठ नेक पा माओबादी केन्द्र का पालुङटार नगरपालिका वडा नम्बर २ का इन्चार्ज तथा बिबादित चेपे ए का म्यानेजिङ डाइरेक्टर समेत हुन् । उनले यो भन्दा अगाडि पनि फरक बिचार राख्ने लाई भौतिक आक्रमण गर्ने धम्की दिने गरेको पिडित मरहट्टा ले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित