७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

छेवेटारमा अस्थायी प्रहरी पोस्ट स्थापना

गोरखा नगरपालिका–१० छेवेटारमा अस्थायी प्रहरी पोस्ट स्थापना भएको छ । सोमबार एक कार्यक्रमका बीच गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले अस्थायी प्रहरी पोष्ट स्थापना गरेका हुन् ।

प्रहरी पोष्ट स्थापना भएसँगै शान्ति सुरक्षामा धेरै सहयोग पुग्ने वडा अध्यक्ष प्रदीप कुँवरले बताए । आपराधिक गतिविधि तथा मादक पदार्थ सेवा गरेर भैmझगडा गर्ने घटनाहरु नियन्त्रण गर्न अब सहज हुने उनले बताए ।

दरौँदी नदी र आसपासबाट राती हुने वालुवा चोरीका घटना पनि नियन्त्रणामा आउने उनले बताए । अहिले सामुदायिक साझा भवनमा अस्थायी रुपमा प्रहरी चौकी स्थापना गरिएको हो । धेरै कसरतपछि प्रहरी चौकी स्थापना गरिएको उनले बताए ।

वडा अध्यक्ष कुँवरको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका अधिकृत छविलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान निर्देशक कुमार खडका, सशस्त्र प्रहरी बल गोरखाका डिएसपी सुजित विष्ट, नेपाली काँग्रेस गोरखाका सचिव किशोरजंग थापा, अस्थायी प्रहरी पोस्ट छेवेटारका गोरखाका व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायत स्थानीयको कार्यक्रममा सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित