७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

गोरखा एक सातादेखि सिडिओ, सहायक सिडिओ बिहिन

गोरखामा एक सातादेखि प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) बिहिन भएको छ ।

गृह मन्त्रालयले गोरखामा को पठाउने भन्ने निर्णय अहिले सम्म नभएको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाको गोरखा सरुवा भएपनि मंगलबार सम्म पनि उनी हाजिर भएका छैनन्। प्रशासकीय अधिकृत गणेश भट्टराईले निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका छन्। 

‘मुद्दा फर्स्योटको काम हुँदैन, तारेक दिएर पठाएका छौँ’ उनले भने ‘नागरिकता, पासपोर्ट, सिफारिसका कामहरू कुनैपनि रोकिएको छैन।’ जिल्लामा भइपरी आउने कुनै घटना, मुद्दा फैसला लगायत नीतिगत अन्य निर्णयमा भने प्रजिअ अनिवार्य छ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीले गर्ने कामकारबाही भने एक सातादेखि प्रभावित छ। सिडिओ को आउने र सहायक सिडिओ कहिले आउने भन्ने थाहा नभएको प्रशासनको कर्मचारी बताउँछन्। 

यसअघि प्रमुख जिल्ला अधिकारी रहेका शंकरहरि आचार्यको कपिलवस्तु सरुवा भएपछि गोरखा प्रजिअ बिहिन बनेको हो। स्थानीय तह, प्रदेश र संघको निर्वाचन शान्तिपूर्ण रुपमा गराएका आचार्य गोरखामा १५ महिना बसे। राजनीतिक दबाब र प्रभावका बिच छिटो छिटो प्रजिअ परिवर्तन हुने गोरखामा उनी धेरै समय बस्ने सिडिओ मध्यमा पर्छन्। उनीभन्दा अघिका ६ जना सिडिओ छ देखि आठ महिनामा गोरखाबाट सरुवा भएका थिए। विवादरहित कार्यकाल गुजारेका प्रजिअ आचार्य कपिलवस्तु गएर काम थालेका पाँच दिन बितिसक्यो।  

गृह मन्त्रालयले माघ ६ गते आचार्यलाई कपिलवस्तु र सिराहामा प्रमुख जिल्ला अधिकारी रहेका लालबाबु कवारीलाई गोरखा सरुवा गरेको थियो। गोरखा आउन नपाउँदै कवारीलाई पुन गृह मन्त्रालय तानेपछि गोरखा प्रजिअ बिहिन भएको हो। मन्त्रालयको निर्णय अनुसार कवारीलाई फिर्ता गराइएको गृह मन्त्रालयको प्रशासन महाशाखाका सह सचिव गोबिन्दप्रसाद रिजालले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित