७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

पालुङटार ७ को वडा कप फुटबल को उपाधी लालिगुरास युवा क्लब धोद्रेबरा ले जित्यो

गोरखा माघ २१ – पालुङटार नगरपालिका वडा नम्बर ७ मा भएको तेस्रो 7 A side फुटबल को उपाधी लालिगुरास युवा क्लब धोद्रेबरा ले जितेको छ ।

आज भएको फाइनल खेलमा लालिगुरास युवा क्लब  धोद्रेबरा ले खत्रीटार युवा क्लब लाई १-० गोल ले हराउदै उपाधी जितेको हो। जित संगै लालिगुरास युवा क्लब धोद्रेबरा ले ट्रफी मेडल र र प्रमाणपत्र सहित नगद ३५ हजार पुरस्कार प्राप्त गरेको छ भने खत्रीटार युवा क्लब खत्रीटार ले उपबिजेता मा चित्त बुझाएको छ उपबिजेता टोलि  खत्रीटारले ट्रफी मेडल र प्रमाणपत्र सहित नगद २१००० पुरस्कार प्राप्त गरेको छ ।

माघ १७ गत्ते देखि न्यु रियल सनस्टार युवा क्लब आहालेबर को आयोजना मा आहालेबर खेलकुद मैदानमा मा भएको खेलमा १७ टोलिको सहभागिता रहेको थियो । आज दिउँस  भएको निकै रोमाञ्चकपुर्ण खेलमा लालिगुरास युवा क्लब धोद्रेबरा बिजयी भएको हो । लालिगुरास युवा क्लब धोद्रेबरा ले नबज्योती युवा क्लब  जुडिखोला लाई हराएर फाइनल प्रवेश गरेको थियो भने खत्रीटार युवा क्लब खत्रीटार ले माइलिटार युवा क्लब लाई सेमिफाइनल मा हराएर फाइनल प्रवेश गरेको हो । 

खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गरेर उत्कृष्ट खेलाडी हरु लालिगुरास युवा क्लब का जर्सि नम्बर ३ का सुमन कुमाल उत्कृष्ट गोलरक्षक लालिगुरास कै रामशरण कुमाल उत्कृष्ट खेलाडी खत्रीटार युवा क्लब का दिपेश सुनार र खेल अबधी भर धेरै गोल गर्न सफल लालिगुरास युवा क्लब का खेलाडी दिपेस कुमाल लाई पनि पुरस्कार दिइएको हो ।

बिजयी टोलि लाई पालुङटार वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुन बहादुर कुमाल ले पुरस्कार बितरण गर्नु भएको थियो ।
पाँच दिन सम्म चलेको प्रतियोगिता निकै रोमान्चक रुपमा सम्पन्न गर्न सफल भएको प्रतियोगिता आयोजना का संयोजक कमल गुरुङले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित