७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

रवि लामिछानेलाई कान्तिपुर प्रकाशक सिरोहियाका ५ प्रश्न

२४ माघ, काठमाडौं । कान्तिपुुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले रास्वपा अध्यक्ष रवि लामिछानेले पछिल्लो पत्रकार सम्मेलनमार्फत लगाएका आरोपहरुको खन्डन गर्दै त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन् ।

लामिछाने कान्तिपुरमात्रै नभई समग्र नेपाली प्रेसको विश्वसनीयतामाथि नियोजित प्रहार गर्न उद्दत भएकाले त्यो आफूलगायत प्रेसकर्मीहरुलाई सह्य नहुने उनको भनाइ छ ।

सिरोहियाले वक्तव्यमा लेखेका छन्, ‘हामीले लेखेका समाचार नेपालको संविधान, कानुन र सर्वोच्च अदालतको संवैधानिक इजलासबाट स्थापित तथ्य हुन् । रवि लामिछानेले लगाएका आक्षेपका आधार के हुन् ? मैले त आफ्ना कुराहरू यहाँ प्रस्ट र पारदर्शी रूपमा पाठक र शुभेच्छुकहरूसमक्ष राखेको छु । के रवि लामिछानेले पनि नागरिकता, दोहोरो पासपोर्ट र दोहोरो राष्ट्रियतालाई लिएर आफूमाथि उठेका तमाम प्रश्नहरूको साँचो जवाफ दिन सक्नुहुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित