७ बैशाख २०८२, आईतवार । Apr 20, 2025

मर्स्याङ्दी बल्थुङ बृहत खानेपानी उपभोक्ता समितिको को साधारणसभा सम्पन्न ।

 

पालुङटार नगरपालिकाका नगर उपप्रमुख बन्दना पाण्डेले प्रमुख अतिथ्यतामा  पालुङटार नगरपालिका ७ को बिरुवाटार मा साधारण सभा गरिएको हो । विशेष  अतिथि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गाेरखाका प्रमुख इन्जिनियर किरण खनाल,  को उपस्थिति रहेको थियो ।

पालुङटार नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अर्जुन कुमाल, कार्यपालिका सदस्य पम्फा बि.क., सल्लाहाकार समितिका संयाेजक बसन्त कुमार श्रेष्ठ, टाेलबिकास संस्थाका तर्फ दिल बहादुर कुमाल र ओम प्रकास गुरूङ लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । जसमा स्वागत मन्तव्य काेषाध्यक्ष शुशिला श्रेष्ठले स्वागत मन्तव्य राखेको थिइन् ।

निबर्तमान अध्यक्ष  अध्यक्ष हित बहादुर थापाले एकलौटि रुपमा खानेपानी लाई मनोमानी ढंगले सन्चालन गरेको आर्थिक पारदर्शिता नभएको भन्दै प्रश्न उठेको थियो पहिल्यै साधारणसभा गर्ने भनिए पनि बिबाद को कारण हुन सकेको थिएन ।  मर्स्यङ्दी बल्थुङ बृहत खानेपानी उपभोक्ता समिती  पालुङटार  नगरपालिका वडा नं. ७ को सबैभन्दा ठूलो खानेपानी सस्था हो । यस खानेपानी बाट च्याङ्लिको  करिब ८५० घरधुरी लाभान्वित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित