७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

फागुनसम्म मोटरसाइकलको कर बुझाएमा पाँच वर्षको जरिवाना छूट

काठमाडौ । यातायात व्यवस्था कार्यालय, काठमाडौंले बिहीबार सूचना प्रकाशित गरी मोटरसाइकलको कर बुझाएमा पाँच वर्षको जरिवाना छूट दिने व्यवस्था गरिएको जनाएको छ।

यातायात व्यवस्था कार्यालयले भनेको छ, ‘२०७९ साल फागुन मसान्तभित्र सवारी साधन कर बुझाउन आएमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ वा प्रचलित कानून बमोजिम लाग्ने सो अवधिको जरिवाना छुटको व्यवस्था गरेकाले विगत आर्थिक वर्षहरूदेखि कर तिर्न बाँकी भएका सवारी साधनका सवारी धनीहरूले उक्त व्यवस्थाको लाभ लिनहुन सूचित गर्दै आफ्नो नाममा दर्ता कायम सवारी साधनहरूको कर जरिवाना तथा नविकरण दस्तुरहरू समयमै भुक्तानी गर्नुहुन अनुरोध गरिन्छ।’

त्यस्तै, प्रयोगमा नआएका मोटरसाइकलको पनि लगत कट्टा गर्न सकिने भएको छ। यसमा पनि जरिवाना नलाग्ने यातायात व्यवस्था कार्यालयले जनाएको छ।

यससँगै ट्राफिक कारबाहीमा परी प्रहरी कार्यालयमा रहेका मोटरसाइकलको पनि कर तिरेर नविकरण गर्न सकिने भएको छ। सूचनामा भनिएको छ, ‘ट्राफिक कारबाहीमा परी प्रहरी कार्यालयमा रहेका सवारीका धनीहरूले अविलम्ब उक्त सवारी साधनको कर, नविकरण तथा दण्ड दस्तुरहरू भुक्तानी गरी सवारी साधन जिम्मा लिनुहोला।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित