७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

गोरखामा जबरजस्ती करणीको आरोपमा एक पुरुष पक्राउ

माघ २७ गोरखा । गोरखामा १२ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

सिरानचोक गाउँपालिका वडा नं ४ आरुबोटेका ६० वर्षीय रमेश पोखरेललाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । १२ वर्षिय नाबालिकालाई फकाई फुलाई आफनै घरको कोठामा लगि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको एसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

पुस ३० गते पहिलो पटक र माघ २० गते दोस्रो पटक जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएका श्रेष्ठले बताए । उनका अनुसार पोखरेललाई विहिबार पक्राउ गरिएको थियो ।

पोखरेल विरुद्ध शुक्रबार जबरजस्ती करणी शीर्षकमा मुद्धा दर्ता भएको छ । पक्राउ परेको पोखरेललाई अदालतबाट सातको म्याद थप गरी हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित